उचित मूल्य नपाउँदा आन्दोलनमा किसान, सडकमै फाले गोलभेंडा (तस्बिरहरू)
काठमाडौं । तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेंडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन् । उत्पादनको बजार सुनिश्चितता नहुँदा, बजार पहुँच कमजोर हुँदा र बिचौलियाको दबाबका कारण आफूहरू समस्यामा परेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।
