SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

‘प्रि-आईपीओ’ नाममा अवैध कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष भट्ट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल प्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरुमाथी कारबाही हुने बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने बताएका हुन् । राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उनको भनाइ छ ।