SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौं । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन् । विश्वविद्यालय सभाले प्रा.डा सुनिलकुमार जोशीलाई उपकुलपतिमा तथा डा.भीमबहादुर चन्दलाई आज रजिष्ट्रारमा नियुक्त गरेको हो । यसअघि सिफारिस समितिका संयोजक प्रा.डा जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए ।