एक खर्ब रुपैयाँ निक्षेप संकलनका लागि राष्ट्र बैंकको बोलकबोल आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निक्षेप संकलनका लागि बोलकबोल जारी गरेको हो । सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् ।
