SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन् ।