SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।