रौतहटमा २८ वर्षीय युवकले गरे आत्मदाहको प्रयास, कीर्तिपुर रिफर
काठमाण्डु– रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । उनले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन् । घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो।
