SHARE
काठमाण्डुपाटी · बुधबार ३१ असार २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारका कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

काठमाण्डु– नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा राजीनामा दिएका हुन् । बुधबार मुख्यमन्त्री यामलाल कँडेल समक्ष उनीहरुले राजीनामा बुझाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी