SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

फेरि अर्का एक जनाद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका एक युवक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।  सो ठाउँका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आत्मदाहको प्रयास गरेका हुन् । जसबाट उनको घाँटीदेखि तलसम्मको करिब ३१.५ प्रतिशत शरीर जलेको छ ।