SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

जलवायु परिवर्तनले नेपालमा बढायो विपद्, १३ वर्षमा ५३ अर्बको क्षति

काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपद्को स्वरूप, आवृत्ति र तीव्रता बढ्दै गएको विज्ञहरूले बताएका छन् । पछिल्लो १३ वर्षमा जलवायुजन्य विपद्का कारण नेपालले करिब ५३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति व्यहोरेको तथ्यांकले देखाएको छ ।