ट्रम्पको धम्की-इरानका विद्युत् गृह र पुलहरूमाथि आक्रमण गर्नेछौँ
काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् गृह र पुलहरूलाई निशाना बनाउने चेतावनी दिएका छन्। स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत महसुल लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै आफ्नो निर्णय उल्ट्याएका ट्रम्पले इरानका विद्युत केन्द्र र पुलहरूलाई निसानामा पार्ने धम्की दिएका हुन् ।
