SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।