SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोको कहर : कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले केही मुख्य सडक बन्द भएका छन् । प्रहरीका अनुसार इलामको मेची राजमार्ग, उदयपुरको सिद्धिचरण लोकमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड अवरुद्ध भएका छन् । यस्तै, देशभरका ६ स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।