SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना घाइते

काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।