SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०३:०६ AM · 1 मिनेट पढाइ

गाडी तेर्स्याएर आवागमन रोक्ने कार्यप्रति मनिष झाको आपत्ति, भने- ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर आवागमन अवरुद्ध गर्ने गतिविधिको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक असुविधा सिर्जना गर्ने यस्ता गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।