कञ्चनपुरमा बढ्दो डेंगुको जोखिम : ६ महिनामा २८ संक्रमित भेटिए
कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले रोकथाम तथा नियन्त्रणका गतिविधि प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
