SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ । समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।