SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

देशभर मनसुन सक्रिय, धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले नेपालको तराई क्षेत्र नजिक रहेकाले धेरै ठाउँमा वर्षा हुने सम्भावना छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।