SHARE
लोक पथ · बुधबार ३१ असार २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामा फर्काएको छ । निगमले आजदेखि देशभर साविककै १४.२ केजी क्षमताको एलपीजी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ । निगमका अनुसार १४.२ केजी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ ।