यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले देशभर साधारणता बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
