SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०९:१० PM · 1 मिनेट पढाइ

स्पेनको शानदार जीत, फ्रान्स बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध २ गोलले विजय हासिल गरेको छ । योसँगै साबिक उपविजेता फ्रान्स सेमिफाइनलबाटै पराजित भएको छ । फ्रान्स लगातार तेस्रोपटक फाइनल पुग्ने राष्ट्रको रूपमा रेकर्ड बनाउन पनि असफल भयो भने स्पेन दोस्रोपटक १६ वर्षपछि फाइनलमा पुगेको छ ।