हेटौँडा–काठमाण्डु सडकमा सवारीसाधन आवागमनमा रोक
बागमती – जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाण्डु जाने २ सडकमार्गमा बुधबार बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा हेटौँडा–भैँसे–काठमाण्डु र हेटौँडा हुँदै काठमाण्डु जाने कान्तिराजमार्गमा मंगलबार साँझ ६:३० बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको उल्लेख गरिएको छ ।
