कर्जा लिएर ४८ करोड दुरुपयोग आरोपमा बुटवलका शर्मा पक्राउ
काठमाण्डु – बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरेको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ५८ वर्षीय शशिधर शर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
