SHARE
काठमाण्डुपाटी · शनिबार ९ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबारको प्रदेशसभा बैठकमा उनले पदबाट राजीनामाको घोषणा गरे । प्रदेश सभामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले राजीनामाको घोषणा गरे । कँडेल २०८० चैत्र अन्तिम हप्ता मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी