नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण : कसलाई कति कैद र जरिवाना ?
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणमा दोषी ठहर भएकाहरुको सजाय निर्धारण भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले २ पूर्वमन्त्रीसहित १५ जनालाई सजाय निर्धारण भएको हो । गत असार २४ गते न्यायाधीश खड्काको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो भने आज सजाय तोकिएको हो ।
