शसस्त्र प्रहरीद्वारा लाखौँ मूल्य बराबरको अवैध काजु बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो । प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो ।
