भोलिदेखि उपभोक्ताले भरी सिलिण्डर ग्यास पाउने
काठमाडौं । केही समयदेखि आधा सिलिण्डर मात्रै ग्यास पाइरहेका उपभोक्ताले बुधबारदेखि पूर्ण तौल भएको भरी सिलिण्डर ग्यास पाउने भएका छन् । नेपाल आयल निगमले भोलि (बुधबार) देखि पूरा तौल ग्यास वितरण गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यो व्यवस्था मिलाइएको हो ।
