आर्थिक विधेयकमार्फत ६ कानून खारेज र ३ ऐन संशोधनको प्रस्ताव
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले उक्त विधेयक सदनसमक्ष प्रस्तुत गरेका हुन् ।
