SHARE
पर्दाफास · बिहीबार २५ भौ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।