नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुने
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्सको समेत सहकार्य रहनेछ।
