बाढी प्रभावितलाई प्रभु बैंकद्वारा १०० थान टेन्ट र स्लिपिङ ब्याग सहयोग
रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित परिवारलाई प्रभु बैंक लिमिटेडले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग सहयोग गरेको छ । बैंकले आज राहत सामग्री सम्बन्धित पीडितलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको हो ।
