SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

रविलाई प्रश्न– ‘मिडिया हाउसअघि गाडी राख्ने रास्वपा कार्यकर्तालाई के गर्नुहुन्छ ?’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सञ्चारमाध्यमको गेटअघि गाडी राख्नेहरुमाथि कारबाही हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा केही बेर बसेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले सो प्रतिबद्धता जनाएका हुन् ।