वायुसेवा निगमको महाप्रबन्धकमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकको समेत जिम्मेवारीमा रहने गरी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
