SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’

नेकपा एमालेका सांसद डा. अर्जुन कार्कीले सरकारले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा कानून तथा संविधानको व्याख्या फरक ढंगले गरिँदा मुलुकमा कानुनी संकट उत्पन्न भएको बताए । उनले प्रश्न उठाउनेहरूमाथि सरकारले निषेधको राजनीति गरेको आरोप लगाए ।