तन जलेको कुरा मात्र होइन, मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद बास्कोटा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समिक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र नबनाउन आग्रह गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।
