निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनको बाटो खुल्यो, सर्वोच्चद्वारा सरकारको निर्णय खारेज
काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयमा रोक लगाएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरिदिएको हो ।
