सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ : प्रमुख सचेतक दुलाल
काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदप्रति जवाफदेही बन्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार गठनको सय दिन पूरा भएसँगै ‘मधुमास’ अवधि समाप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री तत्काल संसदमा उपस्थित भएर जनतालाई आश्वस्त पार्नुपर्ने माग गरेका हुन् ।
