वर्षाले अवरुद्ध सवारी पुनः सञ्चालन, यातायातमा सहज
लगातार परेको वर्षाका कारण सडकमा आएको बाढी, पहिरो, ढुंगा खस्ने लगायतका प्राकृतिक जोखिमका कारण अवरुद्ध भएका काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सडक मार्गमा सवारी सञ्चालनमा आएसँगै यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
