मनोमानी घरभाडाको विरुद्ध संसदमा उठ्यो प्रश्न– ‘घरबेटीले के मापदण्डमा उठाउँछन् भाडा ?’
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दैनिक जीवनसँग जोडिएको घर भाडाको विषयमा संसदमा प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रसाईँले मापदण्ड बिना नै घरबेटीहरुले घरभाडा उठाउने गरेको आरोप लगाए ।
