SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच तलबी बचत खाता तथा सरल कर्जा सम्झौता

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । असार २९ गते सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ ।