SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

सम्पत्ति छानविनमा पनि सरकारले राजनीति गर्‍यो : ज्ञानेन्द्र शाही

प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने विषयमा पनि सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन नगर्ने नीति बनाएर सरकारले विभेद गरेको बताए ।