निजगढ पुगेर गृहमन्त्रीले भेटे मिटरब्याज पीडित
मिटरब्याज पीडित भएर न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन्। पीडितहरूको यात्रा, अवस्था र उनीहरूले उठाएका मागबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री गुरुङ बाराको निजगढ पुगेका हुन्। भेटका क्रममा उनले सरकार मिटरब्याज पीडितका समस्या समाधानप्रति गम्भीर रहेको बताउँदै वार्ता र कानुनी प्रक्रियामार्फत न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए।
