संसद् भवन जलाएर चुनाव लड्नु नै राजनीतिकरण हो : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद् भवन चाहिँदैन भन्दै आगजनी गर्ने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधि नै वास्तविक राजनीतिकरण भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् भवनमा आगो लगाएर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्तिलाई राजनीतिकरणको संज्ञा दिएका हुन् ।
