SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

बेइजिङमा हुने जापानविरुद्धको 'भिक्ट्री परेड'मा प्रधानमन्त्री सहभागी हुँदै

काठमाडौं : चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली जापानविरुद्धको भिक्ट्री परेडमा सहभागी हुने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर ३ (१८ भदौ)मा बेइजिङमा हुने उक्त परेडमा सहभागिता जनाउनेछन्। चीनले सेप्टेम्बर ३ लाई जपानविरुद्ध विजयी दिवसको रूपमा मनाउँदै आएको छ। बेइजिङमा हुने उक्त दिवसको ८०औं समारोहमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउन लागेका हुन्।