SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

पुस्ता होइन, नेपालको लडाइँ बेथिति र कुशासनविरुद्ध हो

नेपालमा पछिल्ला केही वर्षयता एउटा भाष्य निरन्तर स्थापित गर्न खोजिएको छ—देशको समस्या पुरानो पुस्ता हो, समाधान नयाँ पुस्ता हो। सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म “जेनेरेसन परिवर्तन” को बहस व्यापक छ। युवाले नेतृत्व गर्नुपर्छ, नयाँ सोच आउनुपर्छ, पुरानो नेतृत्व विस्थापित हुनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ। परिवर्तनको आकांक्षा स्वाभाविक हो।