‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’ भन्दै प्रधानमन्त्रीमाथि सांसद राईको आक्रोश
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।
