भारतले आत्मनिर्भरता अपनाउँदै गर्दा अमेरिकाको ५० प्रतिशत भन्सार शुल्क लागू
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको कडा ५० प्रतिशत भन्सार शुल्क आजदेखि लागू भएको छ। केही हप्ताअघि उनले भारतले रुसबाट तेल र हतियार खरिद गरेको भन्दै थप २५ प्रतिशतको सजाय स्वरूप यो कार्यकारी आदेश जारी गरेका थिए।यससँगै भारत विश्वकै उच्चतम भन्सार शुल्क खेप्ने मुलुकहरूमध्ये परेको छ। भारत अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा एक बलियो साझेदार मानिन्छ। भन्सार शुल्कले भारतको निर्यात तथा आर्थिक वृद्धिमा गम्भीर असर पार्न सक्ने देखिएको छ।
