काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना
नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले काठमाडौंमा ‘नेपाल–इन्डिया फुड एन्ड विभरेज फोरम २०२६’ को आयोजना गरेका छन् । उक्त फोरमले नेपालको खाद्य तथा पेय पदार्थ एवं आतिथ्यता क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै थलोमा ल्याई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका अवसरहरूबारे छलफल गर्ने मन्च प्रदान गरेको हो ।
