बाघको आक्रमणबाट एक जनाको मृत्यु
सिमरा : बाराको पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने आधाभार जंगलमा बुधबार बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका छन्।घास काट्न पथलैया–अमलेखगञ्ज सडक अन्तर्गतको आधाभार जंगलमा गएका शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राजमार्गबाट करिब तीन सय मिटर भित्रको जंगलमा शर्माको शव फेला परेको हो।
