अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण खोल्न सरकारलाई महासंघको ७२ घण्टे अल्टिमेटम
काठमाडौं : महिना दिनदेखि ठप्प पारिएको अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण लगायतका सेवा सुरु गर्न सञ्चार तथा सूचना प्रधिवि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल पत्रकार महासंघले ७२ घण्टे अल्टिमेटम दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्व टोलीले मन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाउँदै माग तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ। माग सम्बोधन नभए आन्दोलन चर्काउने अध्यक्ष शर्माले मन्त्री गुरुङलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
